Need Help ?
Call: +977- 011620085
News Flash
शिक्षकहरुको निकासा २०७४, विद्यालय कर्मचारीहरुको निकासा २०७४, ईसीडी निकासा २०७४, सीएलसी निकासा २०७४ तथा एसएसडीपीको निकासा भएको छ निकासामा गई डाउनलोड गरी हेर्न सकिन्छ ।|| "हामी सबैको इच्छा निशुल्क अनिवार्य आधारभूत शिक्षा"- भर्ना अभियान २०७४|| बालविकासको निकासा २०७३ फागुण भएको छ हेर्न तथा डाउनलोड गर्न निकासामा जानुहोला|| SSDP तर्फको निकासा २०७३ भएको छ हेर्न र डाउनलोड गर्न निकासामा जानु होला|| दोस्रो चौमासिक निकासा २०७३ फागुण निकासा भयो हेर्नका लागि निकासामा गइ डाउनलोड गर्नुहोला ।|| प्रथम चौमासिक शाखागत कार्य सम्पादन बुलेटिन प्रकािशत भएको छ । प्रकाशनमा गएर डाउनलोड गरेर पढ्न सकिन्छ ।|| लेखापरीक्षण कार्य गर्न इच्छुक लेखापरीक्षकहरुलाई सूचना ।|| लेखा परीक्षण सम्बन्धमा विद्यालयहरुलाई सूचना !||

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकमा

 नेपाल राष्ट्रको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको १९ वटा जिल्लाहरू मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो २५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७ड्ढ२७' देखि २८ड्ढ१३' उत्तरी अक्षांश र ८५ड्ढ२७' देखि ८६ड्ढ०६' पर्ूर्वी देशान्तरका सम्म फैलिएर रहेको छ । यस जिल्लाको पर्ूवमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तरतर्फरसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पर्ूव पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाइ ५३.०६ कि.मि. रहेको छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ठ जिल्लाहरूको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरूमा जलश्रोत, जङ्गल र हिमाली टाकुराहरू प्रमुख हुन् । तातोपानी धारा, बञ्जीजम्प र हेलम्बु लगायतका सु-विख्यात पर्यटकीय स्थलहरूको उपस्थिति, कला, साहित्य र संस्कृतिले जिल्लाको पहिचानलाई देश भित्र र देश बाहिर समेत उजिल्याएको छ । जिल्लाको उत्तरमा रहेको चर्चित भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्दछ । कोदारी राजमार्ग मुलुकका लागि प्रमुख पारवहन मार्ग हो भने जिल्लाका निम्ति गौरव गर्ने विषय वनेको छ । जिल्लाको कुल भू-भाग मध्ये लाङटाङ राष्ट्रिय निकुञ्जले करिब एक चौथाई भूभाग ओगटेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको सानो क्षेत्र समेत यस जिल्लामा पर्दछ । लाङपोघ्याङ -२३२३८ फिट) जिल्लाकै सबभन्दा अग्लो टाकुरा हो भने साँगाचोक गा.वि.स. स्थित माझीगाउँ र बिन्दीटार आसपास सुनकोशी नदीतटमा सबभन्दा होचो -२४५० फिट) भूसतह रहेको छ । भोटेकोशी, सुनकोशी, इन्द्रावती, बलेफी, मेलम्ची, सिन्धुखोला, हाँडीखोला, झयाँडीखोला, महादेवखोला आदि यहाँका प्रमुख नदीनाला तथा खोलाहरू हुन् । यसपटकको जनगणनाले देशका ५ वर्षवा सोभन्दा माथिल्लो उमेरका कूल २ करोड ३९ लाख २६ हजार ५ सय ४१ जनसङ्ख्यामा ६५.९ प्रतिशत व्यक्तिहरू साक्षर रहेको देखाएको छ । पुरूषको साक्षरता दर ७५.१ प्रतिशत छ भने महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको छ । २०५८ सालको जनगणनामा ६ वर्षवा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूको कूल साक्षरता दर ५४.१, पुरूष साक्षरता दर ६५.५ र महिला साक्षरता दर ४२.८ प्रतिशत थियो । देशको साक्षरतासँग सिन्धुपाल्चोकको तुलना गर्दा ५ वर्षवा सो भन्दा माथिल्लो उमेरका कूल जनसङ्ख्यामा ५९.५९ प्रतिशत व्यक्तिहरू साक्षर रहेको पाइन्छ । पुरुष र महिलाको साक्षरता दर क्रमश ६७.९७ र ५१.८८ प्रतिशत रहेको छ । पाँच वर्षवा सोभन्दा माथिल्लो उमेरका साक्षर जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा अर्थात देश र सिन्धुपाल्चोकमा क्रमश ३९.० र २७.६२ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह -कक्षा १ देखि ५ सम्म) उत्तिर्ण्र्ाारेको पाइएको छ । निम्नमाध्यामिक तह -कक्षा ६ देखि ८ सम्म) उत्तर्ीण्ा गरेका व्यक्तिहरू क्रमश २०.३ प्रतिशत र ११.९१ प्रतिशत रहेको पाईन्छ । एसएलसी वा सो सरह उत्तर्ीण्ा गर्ने व्यक्तिहरू कूल जनसङ्ख्याको राष्ट्रिय दर र जिल्लामा क्रमश १०.२ र ६.९९ प्रतिशत देखिन्छन् भने एसएलसी भन्दा माथिल्लो तह उत्तर्ीण्ा गर्नेको संख्या जिल्लामा ५.३८ प्रतिशत रहेको छ । जिल्लामा ९.५३ प्रतिशत अनौपचारिक शिक्षा हाँसिल गरेका छन् ।